काठमाडौ ,श्रावण ३०। नेपाली कांग्रेस तरूण विभागले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाको वडा न.५ मा केहि दिन पहिले गएको बाढीबाट विस्थापित ३७ घरपरिवारलाई राहत प्रदान गरेको छ। केन्द्रीय तरूण विभागका सदस्य पासाङ नुर्वु शेर्पाको आर्थिक सहयोगमा उपलब्ध उक्त राहत सामाग्री विभाग प्रमुख शंकर भण्डारीले नेपाली कांग्रेस कालिन्चोक गाउँपालिकाका सचिव पदम पाठक मार्फत आज विभागमाको कार्यालयमा एक कार्यक्रम गरेर हस्तान्तरण गरेका छ्न्।
तरुण विभाग सधै दुखी पीडित तथा दैवीप्रकोपमा परेका जनताहरुको साथमा रहने भन्दै पीडित घर परिवारलाइ केही राहत पुगोस भन्ने हेतुले सहयोग गरिएको विभाग प्रमुख शंकर भण्डारिले बताए।विभागले ३७ घरपरिवारलाई त्रिपाल र चामल सहयोग गरेका हो। हस्तान्तरण कार्यक्रममा तरूण विभाग सचिव श्यामप्रसाद श्रेष्ठ र सदस्य सतेन्द्र ठकुरीको पनि उपस्थिति रहेको थियो।
कालिन्चोकका बाढीपिडितलाई तरुण बिभागको राहत