नगर युवा सञ्जाल कावासोती र नवलपुर एफएम १०४.७ मेगाहर्जको संयुक्त आयोजनामा पठन संस्कृति अभियानको दशौं श्रृङ्खला कावासोती नगरपालिका सभाहलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम नगर युवा सञ्जालका अध्यक्ष श्री पवन भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी श्री हेमचन्द्र पौडेल प्रमुख अतिथि रहनु भएको थियो भने नगर शिक्षा अधिकृत श्री राजन पाण्डे विशेष उपस्थितिमा रहनु भएको थियो। साथै, विभिन्न साहित्यकारहरूको समेत उपस्थिति रहेको कार्यक्रममा पठन संस्कृतिको प्रवर्द्धनका लागि विविध विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले युवामा पठन संस्कृतिको विकासले सिर्जनशीलता, आत्मविश्वास र समृद्ध सोच निर्माण गर्न मद्दत गर्ने विचार व्यक्त गरे। युवाहरूमा अध्ययनको बानी बसाल्नाले ज्ञानको दायरा फराकिलो बनाउनुका साथै उनीहरूलाई जिम्मेवार र सचेत नागरिक बनाउने उल्लेख गरिएको थियो।
यस अभियानले नगरभित्र पठन–पाठनको वातावरण सिर्जना गर्दै ज्ञानमूलक समाज निर्माणतर्फ टेवा पुर्याउने विश्वास लिइएको छ।