बैशाख १८, काठमाडौ । नेपाल विद्यार्थी संघ (नेविसंघ ) को केन्द्रीय थारु विद्यार्थी विभागको संयोजकमा दिनेश चौधरी मनोनीत भएका छन। आज बैशाख १८ गते नेविसंघ केन्द्रिय सभापति दुजाङ्ग सेर्पाद्वारा हस्ताक्षर गरिएको मनोनीत पत्र चौधरीलाई प्रदान गरिएको हो।
नेविसंघको विधान २०२७ को संसोधन २०७५ भाग ८ को धारा २७ बमोजिम चौधरीलाई मनोनीत गरिएको शेर्पाद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ।नेविसंघ को विधि विधान र गरिमालाइ चौधरीको मनोनयनले थप बल पुग्ने विश्वास गर्दै नेविसंघको उचाइलाइ थप बढाउन भुमिका खेल्न समेत आग्रह गरिएको छ।
बर्दिया घर भएका चौधरी लामो समयदेखी नेविसंघ तथा थारु विद्यार्थीहरुका क्षेत्रमा सक्रिय रहेका नेविसंघका प्रभावशाली केन्द्रिय समेत हुन।