प्रिय धन , नवलपुर । गैंडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार साँझ करिब ७:१५ बजे भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्।
गैडाकोटबाट कावासोतीतर्फ आईरहेको ना ५ ख ७४३९ नम्बरको टेलरले विपरीत दिशाबाट जाँदै गरेको बा.प्र.०१-०२८ च ९०२१ नम्बरको हात्ती पिकअप र सोही दिशाबाट पछाडि आउँदै गरेको बा १३ च ४५५० नम्बरको भ्यानलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर पिकअप चालक गैंडाकोट नगरपालिका–७ निवासी २० वर्षीय विशाल गुरुङ, पिकअप सहचालक गैंडाकोट नगरपालिका–१ निवासी ३३ वर्षीय कमल सिग्देल, र भ्यान चालक गैंडाकोट नगरपालिका–५ निवासी ३५ वर्षीय सन्तोष थापा मगर घाइते भएका छन्। घाइतेमध्ये कमल सिग्देलको नाक र टाउकोमा चोट लागेको छ भने सन्तोष थापा मगरको दाहिने कुहिना र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि नगर अस्पताल, भेँडावारी पठाइएको छ। दुर्घटनापछि टेलरलाई सडकको साइडमा राखी अन्य दुबै सवारी साधन नियन्त्रणमा लिइएको र राजमार्ग सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।