कावासोती , चैत्र १७। कावासोती २ मा रहेको पुरानो सहकारी शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम हिजो चैत्र १७ गते कावासोती नगरपालिका वडा न ४ मा रहेको हलमा सम्पन्न भएको छ।
कावासोती ४ मा रहेका संस्थाका विभिन्न समुहहरुको महिलाहरुलाइ साक्षरता प्रशिक्षण गरिएको हो।संस्थाको अध्यक्ष गिता देवि अर्यालको अध्यक्षता तथा कावासोती ४ का वडाध्यक्ष नारायण प्रसाद लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको तालिममा गण्डकी स्किल लर्निङ्ग एकेडेमीमा प्रशिक्षक किरण भुर्तेलले सहजीकरण गरेका थिए।
संस्थाका बचतकर्ता तथा सेयर सदस्यहरुलाइ सहकारीको बारेमा विविध जानकारी दिन तथा कसरी बजेट निर्माण गर्ने ,लगानि कसरी गर्ने ,ऋण व्यवस्थापन कसरी गर्ने ,बचत कसरी गर्ने र यस्का फाइदा के के छन भन्ने कुरा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अर्यालले बताउनु भयो।
संस्थाको व्यवस्थापक इन्दिरा न्यौपानेले संचालन गरेको कार्यक्रममा संस्थाको सल्लाहकार ,कोषाध्यक्ष राजकुमारी काफ्ले लगायतको उपस्थिति रहेको थियो।संस्थाले फागुन २८ गतेबात कावासोती १ बाट कार्यक्रमको सुरुवात गरेको र सेवा क्षेत्र रहेका सबै वडामा कार्यक्रम संचालन गरिने आयोजकले जानकारी दिएको छ।