कावासोती ,नवलपुर,माघ ५ । नवलपुरको कावासोती सभापति चोकमा हिजो राती भएको सवारी दुर्घटनामा घाईते भएका एकजनाको हिजो उपचारको क्रममा मृत्यु भएको छ ।
दिल्लीबाट काठमाडौंका लागि छुटेको लु २ ख ६८३३ नम्बरको बसको ठक्करबाट गएराति एकजना पैदल यात्री गम्भीर घाइते भएका थिए। दुर्घटनामा घाईते कावासोती ३ निवासी ७० बर्षीय मानबहादुर सुनारको अवस्था गम्भीर भएपछि गएराति जीवन मेडिकलबाट चितवन नया मेडिकल कलेज रिफर गरिएकोमा उपचारको क्रममा रातिनै मृत्यु भएको हो ।
बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी जेशी साहले जानकारी दिएका छन।