कावासोती ,फागुन २५। सेन्ट्रल कलेजका संचालक तथा प्रीन्सिपल यज्ञ विलास पौडेल सम्मानित भएका छन।कावासोती नगर युवा संजालले एक कार्यक्रमका विछ पौडेललाइ सम्मान गरेको हो।
कावासोती नगर युवा संजालले आयोजना गरेको दुई दिने नेतृत्व विकास ,साइकोसोसल काउन्सिल तथा युथ सेमिनारको दोस्रो दिन पौडेललाइ सम्मान गरिएको युवा संजालका अध्यक्ष पवन भुर्तेलले जानकारी दिए।युवा तथा खेलकुदको क्षेत्रमा कावासोती नगरपालिका सबै वडामा भएका कार्यक्रममा सहयोग गर्दै युवाहरुको शारीरिक तथा मानसिक विकासमा सहयोग गरेको योगदानको कदर गर्दै सम्मान गरिएको भुर्तेलले बताए।
सम्मान गरिएकोमा धन्यवाद ज्ञापन गर्दै पौडेलले आगामी दिनमा समेत युवा लक्षित कार्यक्रम तथा खेलकुदहरुमा आफ्नो सहयोग निरन्तर रहने बताए।कार्यक्रममा प्रशिक्षकहरु किरण भुर्तेल,ईश्वर गैरे ,सेन्ट्रल कलेजका बिजनेस प्रोमोटर दिपक काफ्ले,सहायक प्रीन्सिपल ऋषि भण्डारी लगायत युवा संजालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।