कावासोती ,फागुन १८।मेन्टर एजुकेशन कावासोतिले आयोजना गरेको प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिताको आजको खेलमा नवलपुर वारियर्स एसएसवाइसि देवचुली विजयी भएको छ।प्रतियोगिताको सातौ दिनको आजको खेलमा विश्व हिन्दु युवा संघ नवलपुरलाइ ६ विकेटले पराजित गर्दै एस एस युवा क्लव ( नवलपुर वारियर्स ) दोस्रो चरणमा प्रवेश गरेको हो।
कावासोती २ मा रहेको कुमारवर्ती खेलमैदानमा टस जितेर एस एस युथ क्लबले फिल्डिङ रोजेपछी ब्याटिङ गर्दै विश्व हिन्दु युवा संघ नवलपुरले पुरै विकेट गुमाएर ९७ रन बनाएको थियो । ९९ रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रेको एस एस युथ क्लब देवचुलिले ८.३ ओभरमा लक्ष्य हासिल गरेको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।विजयी टिमका लागि म्यान अफ द म्याच घोषित राज कुमारले २४ बलमा ४४ रनको धुवाँदार पारी खेले।खेल प्रमुख अतिथी उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले मुख्य एम्पायर कैलाश पंङ्गेनिलाइ बल हस्तान्तरण गरेर सुरु गरिएको थियो।
आजको खेल सङ्गै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको छ। भोलि विहान ९ बजे अनेरास्ववियु क्रान्तिकारी र प्रजातान्त्रिक युवा संगठनका विचमा मैत्रीपुर्ण खेल हुनेछ भने अन्य दुई खेलहरु कुमारवर्ति स्ववियु विरुद्ध बाघखोर युवा क्लव तथा अन्तिम खेल लक्ष्मी युवा क्लब देवचुलीका विरुद्ध डण्डा बजार विकास समितिका विचमा हुने संयोजक भुर्तेलले बताए।कुल २० टिम सम्मीलित मेन्टर कपको विजेताले नगद ५१ हजार एक सय ५५ र उपविजेताले २५ हजार एक सय ५५ सहित ट्रफी प्राप्त गर्नेछन।