फागुन,१५ ,कावासोती । प्रथम मेन्टर कप खुल्ला क्रीकेट प्रतियोगिता २०८० को चौथो दिनमा आज तीन खेल सम्पन्न भएका छन। आज विहान कुमारवर्ती कलेजको खेल मैदानमा भएको तीन खेलमा क्रमश राइनो लेक व्याइज ,बाघखोर युवा क्लब र डण्डा बजार विकास समिती विजयी भएका हुन।
आजको पहिलो खेलमा राइनो लेक व्याइजले मेन्टर बि लाई ६ विकेटले,दोस्रो खेलमा बाघखोर युवा क्लबले समावेशी युवा क्लबलाई ८ विकेटले र अन्तिम खेलमा डण्डा बजार विकास समितिले कावासोती सुपर किङ्सलाइ २० रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको प्रतियोगिताका संयोजक किरण भुर्तेलले जानकारी दिएका छन।
प्रतियोगिताको भोलिको खेल कुमारवर्ती स्वयियु टिम र हर्कपुर खेलकुद समितिका विचमा दिउँसो ३:३० मा हुनेछ।प्रतियोगिताको पहिलो चरणको खेल पर्सि सकिने आयोजकले जानकारी दिएको छ।