कावासोती ,साउन १४। कावासोतीमा रहेका ३ वटा लायन्स क्लबहरुले संयुक्त रुपमा बिरुवा गोडमेल तथा शिवालय मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन।
कावासोतिमा स्थापना भएर सामाजिक कार्यमा सक्रिय रहेका लायन्स क्ल्ब अफ कावासोती सप्तरङ्गी,लायन्स क्लब अफ नवलपुर मिड सिटि ,लायन्स क्लब अफ नवलपुर मिड सिटिले संयुक्त रुपमा शनिबार विहान कार्यक्रम सम्पन्न गरेका हुन।
रिजन चेयर पर्सन देवि माया घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आयोजक क्लबका अध्यक्ष तथा पदाधिकारीहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।
कावासोतिको लायन्सद्वारा शिवालय मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न