माघ १६, कावासोती ।रास्ट्रीय शहिद दिवसको अवसरमा नेवि संघ नवलपुरले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।कावासोती २ स्थित बाल उद्दानमा कार्यक्रम आज सप्पन्न गरिएको हो। ओ
देशलाइ स्वतन्त्र बनाउन शहिद हरुले दिएको योगदानलाई भुल्न नहुने भन्दै शहिदहरुको स्मृतिमा वातावरणलाई समेत सहयोग पुगोस भन्ने हेतुले नेवि संघ केन्द्रिय समितिको परिपत्र अनरुप कार्यक्रम गरिएको जिल्ला अध्यक्ष हरि सुबेदिले बताए।
कार्यक्रममा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो।वृक्षारोपण कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला तथा स्थानीय नेताहरुका साथै नेवि संघ नवलपुरका जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।
शहिद दिवसको अवसरमा नेविसंघको बृक्षारोपण