उर्मिला यादव रुपन्देही भदौ १९ नेपाली कांग्रेस सिद्धार्थ नगर वडा नम्बर ४ वडा समिती तथा नेपाल तरुणदल सिद्धार्थ नगरको संयुक्त आयोजनामा आजदेखि सप्ताहब्यापी सरसफाइ कार्यक्रम सुरु भएको छ । नेपाली कांग्रेस सिद्धार्थ नगर वडा नम्बर ४ का वडा सभापति नरेन्द्र रौनियारको अध्यक्षता तथा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेको प्रमुख आथित्यतामा सुरु भएको सप्ताहब्यापी सरसफाइ कार्यक्रममा आज सिद्धार्थ नगरपालिकाको वार्ड न ४ मा रहेको हनुमान मन्दिर को प्राङ्गणदेखि ५०० मिटर दुरी सम्म सरसफाइ गरीएको छ ।
पछिल्लो समय समुदायमा स्तरमा बढदै गरेको कोरोना भाइरस संक्रमण तथा अन्तराष्ट्रिय यअरपोर्ट जाने मुख्य बाटो नै यहि भएकोले सवारी साधनको धुलो, धुवा साथै सडक वरीपरी अत्यधिक फोहोर भएका कारण सरसफाइ गरीएको नेपाली कांग्रेस सिद्धार्थ नगर वडा नम्बर ४ का वडा सभापति रौनियारले जानकारी दिए । यस्तै गरी कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले यो सरसफाइ कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पार्नुका साथै हामीले आफनो गाउठाउको सरसफाइमा आफै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति श्रीराम गुप्ताको स्वागत मन्तब्य रहेको सरसफाइ कार्यक्रममा नेपाल तरुण दल सिद्धार्थनगरका अध्यक्ष दिपेन्द्र बुढापृती , मायादेवी च्यारिटेबल ट्रस्टका अध्यक्ष रबि रौनियार लगायतले शुभकामना मन्तब्य राख्दै सप्ताहब्यापी सरसफाइ कार्यक्रमको रुपमा मात्र नभइ सरसफाइ अभियानकै रुपमा अगाडी बढाउनुपर्ने बताए । नेपाली कांग्रेसका बुथ सचिव गुरु चरण प्रजापतीले संचालन गरेको कार्यक्रममा शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ ,रुपन्देही तरुण बिभागका जिल्ला सद्स्य बिनोद पुन, दिनेश सहानी, नेपाल तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोसिस बहादुर खड्का लगायत नेपाल तरुणदल नगर सदस्यहरुको समेत सहभागिता रहेको थियो।
रुपन्देहीको भैरहवामा सप्ताहब्यापी सरसफाइ कार्यक्रम सुरु