मुक्तिराम पौडेल( राजु)सुनवल पछिल्लो समय देशभरि नै चुनावको रौनक छाएको छ विभिन्न ठाउँका विभिन्न उम्मेदवारहरुले एउटा हातमा पार्टीको झण्डा र अर्को हातमा घोषणापत्र लिएर घुमिरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट सुनवल नगरपालिकामा मेयर पदमा बिमला अर्याल उपमेयर मा सूर्यप्रसाद दुवेले उम्मेदवारी दिनुभएको छ र वडा नम्बर १३ को तर्फबाट वडा अध्यक्ष मा कृष्णप्रसाद पौडेल बगालेले उम्मेदवारी दिनुभएको छ । वडा सदस्यमा खेमराज ढुंगाना, तुलसी चौधरी महिला सदस्य मा गौमाया गुरूङ र हुमा कुमारी बि.कले उम्मेदवारी दिनुभएको छ वडा नम्बर १३का वडाध्यक्ष का उम्मेदवार बगालेले आफू ३५वर्षदेखि सामाजिक कार्यमा लागेको र पुर्ब गाविस अध्यक्ष भएको नाताले सम्पूर्ण जनताले आफूलाई विकासप्रेमी व्यक्ति भनेर राम्रोसँग चिनेको बताउनुहुन्छ साथै । जनताका सम्पूर्ण समस्याहरुलाई समाधान गर्ने र हरेक कुराहरुमा जनतालाई आत्मासाथ गरेर अघि बढ्ने प्रतिवद्धताका साथ उहाँले उम्मेदवारी दिएको बताउनु भयो साथै पूर्व वडाअध्यक्ष कृष्ण प्रसाद देवकोटा ले पार्टीको नियम सिद्धान्तविपरीत कार्य गरेकाले उनलाई पार्टीले कारबाही गर्ने समेत बताउनुभयो
नेकपा एमाले सुनवल नगरपालिका वडा नम्बर १३ बाट कृष्णप्रसाद बगाले को उम्मेदवारी।