कावासोति ।सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेलगत्तै विभिन्न तहहरुमा उम्मेद्बारी दिने चर्चा परिचर्चा सुरु भएको छ।विभिन्न स्थानीय तहमा कस्ता कस्ता उमेदवार हुने सबैको आम चासोको विषय बनेको छ।कावासोती नगरपालिकामा पनि काङ्ग्रेस एमाले लगायतका दलहरुबाट धेरै आकाङ्क्षा राख्ने व्यक्तिहरु रहेका छन ।यसैक्रममा सामाजिक संजाल फेसबुकलाइ प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाका पुर्व अध्यक्ष तथा नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र नम्बर २ क का प्रदेश सभापति पदका प्रतिस्पर्धी रिसि कंण्डेलले कावासोती नगरपालिकाको मेयर पदमा आफ्नो उम्मेद्बारी रहेने घोषणा गरेका छन।उनले मेयरको उम्मेद्बारी संगै घोषणा गरेको कार्यक्रम हरु यस्ता रहेका छन : १)नगरमा निर्वाचित भएपछि जारको पानी र कालो चियामात्रै खाएर अन्यकुनै किसिमको सुबिधा नलिई नगरबासीको सेवामा समर्पित हुनेछु । २)बृद्धबाबाआमालाई घरघरमै भत्ता पुर्याउनेछु। ३)निर्वाचनको एकबर्षभित्रमा सुबिधासम्पन्न प्रसुतिअस्पताल सन्चालनमा ल्याईनेछ । ४) एकल महिला दिदीबहिनीका लागि सिपबिकासको तालिम गराई स्वरोजगार बनाईनेछ। ५)नगरपालिका भित्रका बास्तबिक सुकुम्बासीहरुलाई सुलभ र सस्तो तरिकाबाट जग्गाधनी लालपुर्जा उपलब्ध गराईनेछ। ६) गरिब नागरिकका लागि गरिवभत्ताको साथै बर्षमा १ पटक चाडपर्व खर्च उपलब्ध गराईनेछ। ७)युवाहरुलाई सीप, योग्यता र क्षमताको आधारमा निजहरूको ईच्छाको अनुकूल स्वरोजगारका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई सामुहिक कृषि ,पशुपालन ,हस्तकला ,सिकर्मी ,डकर्मी , बिद्युत,प्लम्बिङ आदिको ब्यवस्थापन गरिनेछ । ८) सबै जातजातिको मातृभाषाको जगेर्ना गर्नकालागि गुरुङ ,नेवार , थारु, मगर, तामाङ भाषाका बिद्यालयको व्यवस्था गरिनेछ । ९) योग्यता र क्षमता भएका युवाहरु गन्तव्य नपहिल्याएर अलमलमा परेकाको लागि खोजी खोजी रोजगारीको ब्यवस्था गरिनेछ । १०)भ्रष्टाचारलाई पालिकाभित्र जरैदेखि निर्मुल पारिनेछ । ११)निजि क्षेत्रको साझेदारीमा BBA,ईन्जिनियरिङ सहित प्राविधिक बिषयको क्याम्पस स्थापना गरिनेछ । १२) जिल्ला अस्पताललाई थप सुबिधासम्पन्न गराई मेजर अप्रेसनको सेवा उपलब्ध गराईनेछ । १३) गरिवीको रेखामुनि रहेका नगरबासीहरुलाई परिचयपत्र उपलब्ध गराई सोही परिचयपत्रको आधारमा एकघर-एक रोजगार को व्यवस्था गरिनेछ , सो नभएसम्मकालागि गरिबी तथा बेरोजगार भत्ता उपलब्ध गराईनेछ । १४)होमस्टेहरुलाई अझ सुबिधा सम्पन्न गराई सन्चालकहरुलाई प्रोत्साहनको निति अबलम्बन गरिनेछ । १५) रिङ्गरोडलाई तिब्रगतिमा निर्माणकार्यलाई अघि बढाई निर्धारित समयमै निर्माण सम्पन्न गरिनेछ । १६)जिल्ला भित्रका बिरामीहरुलाई रगतको आपूर्तिलाई "०"चार्जमा (निशुल्क) उपलब्ध गराईनेछ । १७)केरुङ्गेखोला, पत्थरखोला, लोकाहाखोलाले जमानादेखि कटान गरि घरबारबिहिन बनाएको सत्यकुरालाई हृदयंगम गरि किसानका जग्गा छुट्याई , उक्त जग्गामा रहेको गिटी बालुवा निजजग्गाधनिकै तजबिजमा बेचबिखन गर्न पाउने निति अवलम्बन गरिनेछ । साथै खोलालाई च्यानलाईज्ड गरि योजनाबद्ध तटबन्ध गरिनेछ । १८) खानेपानी , बिद्युत र ईन्टरनेट मा लाग्दैआएको महशुलमा विशेष छुटको ब्यवस्था गरिनेछ । १९)बर्षायाममा हुनसक्ने बाडि पैरो कटान र डुबानलाई पुर्वतयारीका लागि नेपाल प्रहरी , ससस्त्र प्रहरी , नेपाली सेना ,रेडक्रस उद्योग बाणिज्य संघ लगायत संघसंस्था , क्लवहरुको सहयोगमा समाधानका लागि बृहत् योजना बनाईनेछ । २०)भ्यु टावर सम्म जानआउनका लागि निशुल्क साधन संचालनमा ल्याईनेछ। २१)नारायणी नदिले कटान गरेको जग्गा एकिन गरि मुआब्जा का लागि संघीय सरकार संग माग गरिनेछ । २२) पांचबर्ष भित्रमा नगरबासीलाई अन्न, दूध , मासु र मासु र तेलमा आत्मनिर्भर गराईनेछ । २३) बृद्धअबश्थाका बाबाआमाकालागि रमाइलो संग दिन कटाउन सक्ने सार्वजनिक पार्क निर्माण गरिनेछ । २४)अपांग र बृद्धबृद्धाहरुका लागि आर्थिक सहायता योजना ल्याईनेछ । २५) खेलकुदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान देखाउन सक्ने खेलाडी उत्पादन का लागि उचित बजेटको ब्यवस्था गरिनेछ । २६) मठमन्दिर , गुम्बा बिहार चैत्य , गुठी ,मस्जिद , चर्च आदिको संरक्षण सम्बर्द्धन गरिनेछ । २७)दाहसंस्कार घाटको उचित व्यवस्थापन गरिनेछ । २८)आवश्यकता को आधारमा किरियापुत्री घरको निर्माण गरिनेछ । २९) सामुदायिक बनहरुलाई आयआर्जनमा जोडि कुल गार्हस्थ उत्पादन बृद्धिको निति अबलम्बन गरिनेछ । ३०) खेलमैदान ,बसपार्क र रिफ्रेससेन्टरको उचित ब्यवस्थापन गरिनेछ । ३१) निजिक्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन को निति अवलम्बन गरिनेछ । ३२) थारु संग्रहालयलाई विशेष आर्थिक अनुदान प्रदान छिट्टै ब्यवस्थित रुपमा संचालनमा ल्याईनेछ । ३३)बाटोघाटो, पुलपुलेसा कुलो बांध, बोरिङ आदिलाई आवश्यकता अनुसार तत्काल कार्यान्वयन गरिनेछ । ३४) बन्यजन्तु तथा मानव विचको द्वन्दलाई निवाकरण गरिनेछ । ३५)अति सिमान्तकृत समुदायका नागरिकको लागि हरेक क्षेत्रमा योग्यताको आधारमा अवसर प्रदान गरिनेछ । ३६)पत्रकार हरुको लागि निशुल्क बीमा गरिनेछ । ३७)निजामती कर्मचारी सरह शिक्षकहरूको तलबभत्ता मासिक रुपमा बैंक बाट भुक्तानी को व्यवस्था मिलाईनेछ। ३८) किसानबाट उत्पादित बस्तुहरुलाई किसानको बारीबाटै बजारिकरणको ब्यवस्था गरिनेछ । ३९) उज्यालो कावासोती कार्यक्रम लागू गरिनेछ । ४०) बिद्युत नपुगेका ठाउँमा बिद्युतीकरण गराई प्राथमिकताकासाथ भार सन्तुलन ( भोल्टेज मिलान) गराईनेछ। ४१)तालतलाउ को संरक्षण गरि पर्यटकीय बिकास को निति अबलम्बन गरिनेछ । ४२)जटायु संरक्षण गरिनेछ । ४३) आवश्यकता अनुसार कोल्डस्टोर निर्माण गरिनेछ । ४४) स्वास्थ्य बीमा कार्यक्रम लाई प्रभावकारी रुपमा लागू गरिनेछ । ४५) कावासोतीलाई "स्मार्ट" सिटीको बिकाश गरिनेछ ।
रेडक्रसकर्मी कंडेलद्वारा कावासोती नगरको मेयरमा उम्मेद्बारी दिने घोषणा