कृष्ण पौडेल ,नवलपुर । प्रविधिको बिस्तारसँगै बैंक तथा वित्तिय संस्थाले आफ्ना सेवाग्राहीहरुलाई mobilebanking र फोन पे बाट सुविधा दिइरहेका छन। किसान बचत तथा ऋण सहकारी संस्था लि.को पञ्चदृष्टि दलदले शाखाका मेनेजर कर्मचारीहरु ले सेवाग्राहीहरुलाई आज पसलमै गएर फोन पे वितरण गरेका छन ।कार्यक्रम अन्तर्गत आज सिजि अगाडि रहेको लक्स होटेल लगायतका होटल तथा अन्य व्यबसायीहरुलाइ फोन पे वितरण गरिएको हो। फोन पे वितरणमा सहभागी हुनुभएकी शाखा मेनेजर अनिता थापाले फोन पे लिन सबै लाई फम भर्न आग्रह गरिन । फोन पे लिँदै सेवाग्राहीहरुले संस्थालाई धन्यवाद दिएका थिए।
किसान साकोस दलदले साखाले पसल पसलमा फोन पे वितरण गर्दै