पोखरा, १९ मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेशमा पुराना तथा निष्ठावान नेता शुक्रराज शर्मा विजयी भएका छन् । उनले देउवा समुहका अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् ।शर्मा ८४ मतान्तरले विजयी भएका हुन। कुल खसेको मत मध्य शर्माले ६१२ मत प्राप्त गरे भने जोशिले ५२८ मत प्राप्त गरेका छन। ।शर्मा संस्थापन इतर पक्षका हुन् । उनी कास्कीका पाका नेता हुन् । संगठनमा राम्रो अनुभव भएकाले शर्मालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार बनाएको थियो ।गण्डकी प्रदेश वरिष्ठ नेता पौडेल र महामन्त्री डा. सशांक कोइरालाको गृहक्षेत्र हो ।
काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी