रंजीत शर्मा/नवलपरासी/ २४ असोज । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र इन्द्रेणी सामाजिक विकास मंचद्वारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी)र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजनाको सहकार्यमा विश्व मानसिक स्वास्थ्य दिवस-२०२१ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
"असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदान,सुलभ,समान र पहुँच युक्त मानसिक स्वास्थ्य हाम्रो योगदान ।"(Mental health care for all: let's make it a reality")मुल नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस-२०२१ प्रतापपुर गाउँपालिकाको कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा १ देखि ९ सम्मका वडा अध्यक्ष,स्वास्थ्य शाखा प्रमुख ,विभिन्न शाखाका शाखा प्रमुखहरू, रोजगार संयोजक,स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री कुन्दन कुमार सिंहले स्वागत मन्तव्य राख्दै वडा नं २ का वडा अध्यक्ष इश्वरी थारुले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सहजीकरण मनोसामाजिक परामर्शकर्ता सुभान पठान, पुष्पा चौधरीले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्जु कुमारी चौधरीले यस किसिमका कार्यक्रमलाई पालिका भरी व्यापक रूपमा प्रचार प्रसार गर्दै लाने र मानसिक स्वास्थ्य अन्तरगत गाउँपालिकाले ५ लाख विनियोजन समेत गरेको जानकारी गराएका थिइन्।