कावासोती,नवलपुर । मुख मिठाई तथा खाध्यान्न कार्यक्रम श्री लक्ष्मी नारायण मन्दिर तथा वृद्ध आश्रम कावासोती पिठौलिमा सम्पन्न भएको छ । हाम्रो संसार नवलपुरको आयोजना महाअभियान हरेक दिन एक मुठ्ठी दान र सहयोगी सस्थाको सहकार्यमा आयोजित कार्यक्रम हाम्रो संसार सस्थाका सस्थापक एड्मिन कृष्ण सापकोटाको जन्म दिनको अवसर पारेर आश्रममा रहनु भएका आमा बुवाहरुलाई खिर तथा फलफुल खुवाउनुका साथै खाध्यान्न सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा बरिस्ठ साहित्यकार दिपक सोतिले अहिलेका युवा पिडिले आफ्नो जन्म दिनको अवसरमा विभिन्न भड्किला कार्यक्रम गर्दै आएको सन्दर्भमा आफ्नो बुवा आमा झै सम्झेर यश आश्रममा खिर खुवाने र खाध्यान्न सामाग्री बितरण कार्यक्रमले अन्य युवाहरुमा सामाजिक कार्यप्रती बोध गराउने कुरा उल्लेख गर्नुभयो त्यस्तै कार्यक्रममा हाम्रो संसारका सस्थापक एड्मिन किस्मत पौडेल,बिमल अधिकारी सहयोगी सस्थाका अध्यक्ष ओमकार घिमिरे रोट्याक कावासोतिका उपाध्यक्ष गोबिन्द सिग्देल लगायतका सामाजिक अभियान्ताहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण तिर्थराज काफ्लेले गर्नु भएको थियो ।।
हाम्रो संसारको मुख मिठाई कार्यक्रम सम्पन्न