नवलपुर।बेस नेपालले नवलपुर र पश्चिम नवलपुरमा रहेका सम्पुर्ण नगरपालिका तथा गाउपालिकाका स्वास्थ शाखाहरुलाइ स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।
सुआहरा कार्यक्रमबाट प्राप्त सहयोग सामाग्री स्वास्थ शाखा मार्फत पालिकाका स्वयम्सेविका र स्वास्थकर्मी हरुका लागि उपलब्ध गराइएको हो।वर्तमान महामरिको समयमा स्वास्थ स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकामा एक्यवद्धता जनाउँदै स्वास्थ सामाग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।
बेस नेपालले पुर्वी नवलपरासीमा रहेका ८ स्थानीय तहलाइ जम्मा २२००० पिस माक्स र ३७६ बोटल सेनिटाइजर र पश्चिम नवलपरासीका ७ स्थानीय तहमा जम्मा २१७०० पिस माक्स र ३९५ बोटल सेनिटाइजर उपलब्ध गराएको संस्थाका शालिकराम पोखरेलले जानकारी दिएका छन।
बेस नेपालद्वारा पुर्वी र पश्चिम नवलपरासीका सम्पुर्ण पालिकाहरुलाई स्वास्थ सामाग्री हस्तान्तरण