उत्तमकुमार थापा ,बझाङ । बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई जन्मदिनको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थि संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन । वि.पि कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह– सचिव समेत रहेका युवा नेता कठायतले जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरुलाई स्यानिटाइजर र माक्स वितरण गरेका छन । उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा फन्टलाइनमा खटि सुरक्षा दिरहेका सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य सामाग्री वितरण गरिएको बताए । प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन । तर, नेविसंघका नेता कठायतले आफ्नो जन्मदिनमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री दिएर मनाएका छन । कठायतले आफ्नो जन्मदिनको दिन विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ लाई मध्यनर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताए । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले नेता कठायतलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए ।
जन्मदिनमा स्वास्थ सामाग्री सहयोग