१९ वैशाख, चितवन । गोरखाको पालुङटार नगरपालिका–६ का ७८ वर्षीय कोरोना संक्रमित वृद्धको चितवनमा मृत्यु भएको छ ।
निमोनिया र मधुमेहको समस्या भइ उपचाररत उनको शनिबार मध्यराति १२ बजेर ४५ बजेको समयमा भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालको स्रोतले पुष्टि गरेको हो ।
वैशाख १७ गते भर्ना भएका उनलाई बैशाख १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।