१७ बैशाख, नबलपरासी (पश्चिम) । आफ्नै ३० वर्षीय श्रीमती सलन्ती हरिजनको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ भएका छन ।
प्रतापपुर गाउँपालिका-४ ठुलो खैरटवाका ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ नै प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार घरायसी बिषयमा उत्पन्न बिबादले उनीहरू बिच झै-झगडा भई कुटपिट हुँदा सलन्ती गम्भीर घाइते भएकि थिइन । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सलन्तीको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।