पुष्कर खड्का
१७ बैशाख, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका एक जनालाई संरक्षित उल्लु चरा सहित काभ्रे भञ्जाङबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप नगरपालिका– २ भिरकोटका ३४ वर्षीय केशर श्रेष्ठलाई संरक्षित चरा उल्लुसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिनु भयो ।
उहाँको अनुसार काभ्रेभञ्ज्याङ स्थित बिपी राजमार्गमा शंकास्पद व्यक्तिहरू र सवारीसाधन हरूको जाँच गर्ने क्रममा भकुण्डेतर्फबाट धुलिखेलतर्फ हिँडेर आउँदै गरेको र संरक्षित जिउँदो उल्लु चरो सहित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।
पक्राउ परेका श्रेष्ठलाई कानुनी कार्वार्हीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेमा पठाइएको प्रहरी जनाएको छ।