उत्तमकुमार थापा बझाङ
मापदण्ड पूरा गर्दै सुपरिवेक्षककाे तालिम सञ्चालन गरिएको छ ।
देश भरि नेपाल सरकार गृह मन्त्रालयकाे पत्र अनुसार अाज बाट सुपरिवेक्षककाे तालिम सुरु गरिएको हाे । राष्ट्रिय जनगणना २०७८ का सम्वन्धमा यहीँ मिति २०७८ बैशाख १६ गते देखि २२ गते सम्म तालिम सञ्चालन हुने भएको हाे । देश भरिका ७ वटा प्रदेश र ८० जिल्ला जनगणना कार्यालयहरुमा काेरना भाईरस काेभिड वाट सुरक्षाको मापदण्ड अप्नाउदै अाज बाट तालिम सञ्चालन भईरहेकाेमा बझाङ जिल्लामा पनि स्वास्थ्य मापदण्ड अप्नाउदै तालिम सञ्चालन गरिएको हाे ।
धेरै स्थानमा र विद्यालय देखि विभिन्न सार्वजनिक स्थलहरु बन्ध गरेता पनि गृह मन्त्रलयकाे परिपत्र अनुसार सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार भएकोमा जिल्ला जनगणना कार्यालय बझाङले पनि त्यवादी माध्यामिक विद्यालय भाेपुर क्याम्पसमा पनि अाज देखि सुपरिवेक्षककाे तालिम सञ्चालन गरेकाे हाे जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिह धामीले बताए । 
सत्यवादी माध्यामिक विद्यालयमा सुरु भएको तालिममा जिल्ला भरिका सुपरिवेक्षकलाई अाज बाट सुरु भएको तालिम २२ गते सम्म सञ्चालन गरिने भएको छ । तालिममा ७४ जना सुपरिवेक्षकहरुलाई तालिम सञ्चालन गरिएको स्थानीय जनगणना अधिकारी बलबहादुर महतराले बताए ।
सुपरिवेक्षकलाई तालिम भने जिल्ला जनगणना अधिकारी साहयक जनगणना अधिकारी र मुख्य प्रशिक्षकहरुले तालिम दिदै छन ।