१५ बैशाख, बाँके । बाँकेमा कोभिड-१९ को दोश्रो लहरसँगै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि यसको संक्रमण उल्लेख्य रुपमा देखा परेको अस्पतालको स्रोतले जनाएको छ ।
बैशाख १ गते देखि यता ७३ जना कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जसमा महिला ४४ जना, पुरुष २७ जना रहेका छन् । ६०.३%/३९.७%को रेसियो रहेको केन्द्रले जनाएको छ ।
कार्यविभाजन अनुसार –
– नर्सिङ कर्मचारीहरु – ३३ (४५.२%)
-सहायक कर्मचारीहरु (क्लिनर, हेल्पर आदि) – २२(३०%)
– चिकित्सक – ८ (११%)
– प्यारामेडिक्स (HA/अहेव) – ८ (११ %)
– प्रशासन सम्बद्ध – २ (२.७%)
आफ्नो ज्यानको बाजी लगाएर पनि बिरामीको सेवामा अहोरात्र खटिरहेका अस्पतालका सबै कर्मचारीका लागि बाँकेबासी स्वास्थलाभको कामना गरिरहेका छन ।
