काठमाण्डौ -नेपाल एलपि ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिन्डर खालि छ भने भरेर राख्न उपभोक्ता लाई अनुरोध गरेको छ। कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले खालि ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको हो। गत सालको लकडाउनमा पनि सबै उपभोक्ता लाई ग्यासको अभाव हुन नदिएको स्मरण गर्दै संघले अहिले पनि ग्यासको अभाव हुन नदिन संघ लागिपरेको जनाएको छ ।
नेपाल आयल निगमले कोरोना महामारीमा सहजै सिलिन्डर उपलब्ध गराउन संघलाई पत्र काटेको छ। सोही अनुसार सङ्घले उपभोक्ता लाई खाली सिलिन्डर भर्न अपिल गरेको छ ।
भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।