भाद्र १४,काठमाडौ । काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो रहेको छ। काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार काठमाडौमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।आज स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ मार्फत मन्त्रालयका प्रवक्ताले सो जानकारी दिएका हुन।संक्रमितहरुको थप विवरण केही समयपछि आउनेछ।
काठमाडौ उपत्यकामा थप ४२९ कोरोना संक्रमित