६ बैशाख,काठमाडौं । काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट कीर्ते गरेर डाक्टर बनेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ७ जनालाई पक्राउ गरेको छ।
उनीहरुलाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने ब्यूरोकी प्रवक्ता एसपी गंगा पन्तले जानकारी दिनु भयो । उहाँको अनुसार यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सर्टिफिकेट बनाएको भन्दै अनुसन्धान थालेको थियो ।