काठमाडौं । सरकारले आज र भोलि बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्दै छ ।
६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरु लाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्ष सम्मका बालबालिका लाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ ।
आज खान छुटेकालाई भोलि खुवाउन सकिने छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अभिभावक लाई आग्रह गरेको छ ।
सरकारले हरेक वर्ष बालबालिका लाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ ।
अघिल्लो पटक खाएका लाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले जनाएको छ ।