देवचुली,बैशाख ०५ 
देवचुली नगरपालिका वडा नं ७ मा शनिबार डोजोमा ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कराते प्रशिक्षक विष्णु क्षेत्रीले गर्नुभएको थियो भने नगर प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीको प्रमुख आतिथ्तयता रहेको थियो । यसैगरि विशेष अतिथीका रुपमा देवचुली युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष सुवास ओझा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका खत्रीले देवचुली नगरपालिका भित्र बालबालिका देखि युवाहरु खेलकुदमा बढि अग्रसर रहेकाले स्थानीय तहहरुले खेलकुदमा बजेट विनियोजित गर्नुपर्ने बताउँदै देवचुली नगरपालिकाबाट करातेबाट सक्दो खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा कराते प्रशिक्षार्थीहरुलाई बडुवा सँगै प्रमाणपत्र सहित बेल्ट वितरण गरिएको थियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका प्रशिक्षक भूपराज पाठकले बिशेष गरि बालबालिकाहरु करातेमा आकर्षित भएको बताउनुभएको थियो । उहाँले हाल देवचुलीमा रहेर करिब ४६ जनालाई कराते सिकाइरहनुभएको छ । ग्रेडिङ्गमा २५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।