दाउन्ने, बैशाख ०५
पुर्वी नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा घाइते भएका ३१ जना मध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ईलाम घर भएकी अन्दाजी २५ वर्षकी धनु दर्लामी, मकवानपुर बकाया गा।पा।९५ घर भई हाल विनयीत्रिवेणी गा।पा।९२ दाउन्ने स्थित गुम्बामा बस्ने अन्दाजी ५७ वर्षकी ज्यामो हिसे छमो ग्याल्मो र भरतपुर महानगरपालिका ९२५ बस्ने बर्ष ७२ को हिमलाल न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।
गिरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा घाईते अन्य २८ जनाको अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्व तर्फ आउदै गरेको ना।५ ख। ७००० नं।कोको बस आफै अनियन्त्रित भई सडक देखि अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटना भएको बसमा ३१ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।