उत्तम कुमार थापा बझाङ
सिचाइ नहर बन्ने भए पछि स्थानीय हर्रित भएका छन ।
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ कालुखेतिकाे छात्रबस्ति गाउँकाे सिचाइ नहर बन्ने भएको हाे । विगत २ बर्ष देखि पाटादेवल जाेडिएकाे सडकले अवरुद्ध बनाएकाे र बाडिपहिराेले बगाएको लाटेखेत नहर बन्ने भएको छ । 
छात्रबस्तिका अधिकाङ्स घरपरिवारले २ बर्ष सम्म अाफ्नाे खेतियाेग्य जमिन बाझाे राख्नु परेको थियाे । अहिले कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर बिष्ट अाफै सिचाइ कुलोकाे अनुगमन गर्न पुग्दा उहाँले गाउँलेको दुख देखेर अाउदाे एक हप्ता भित्र काम सुरु गर्न अनुराेध गर्दै कृषककाे पिडामा मलम लगाउनु भएको हाे । ज्ञान केन्द्र बझाङका प्रमुख बिष्ट गाउँमा गएपछि स्थानीय खुसि हुँदै फुलमालाले सम्मान गरेका थिए अहिलेसम्म न कतै बाट याेजना अायाे न कतै बाट नेताले हेरे अहिले तपाईं अाएपछि सिचाइ कुलाे बन्ने भन्ने कुरा सुनेर स्थानीय खुसि व्याक्त गरिरहेको सुरेन्द्र थापाले बताए । अाज कृषककाे पीडा बुझ्न गाउँमा पुगेका प्रमुख विष्टलाई स्थानीयले भव्य स्वागत गरेका हुन । प्रमुख विष्टले भने तपाईं काम सुरु गर्नुहाेस यसपालि अषाढ लगाउने गरेर सिचाइ काम अगाडि बढाउन स्थानीय लाई अाग्रह गर्नुभएको हाे ।