२९ चैत, काठमाडौं । प्रहरी सँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारण सँग पैसा मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार हेटौंडाबाट नै पक्राउ गरेकाे हाे । लामाले आफू लेखनदासको काम गर्ने र प्रहरीसँग जुनसुकै काम गराइदिन्छु भन्दै सर्वसाधारण सँग रकम माग्ने गरेको गुनासो आए पछि
उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।