सचिन विश्वकर्मा , चैत्र २७ ,कावासोती नवलपुर । चार जात छतिस वर्ण भएको एउटा सुन्दर देश हो नेपाल । यहा विभिन्न जातजातिका मान्छेहरुको भेषभुषा ,भाषा र संस्कृतिहरु प्नि फरक– फरक रहेका छन । नेपाल भौगोलिक हिसावले पनि आफैमा एउटा सुन्दर देश हो भनेर विश्वमा नै चिरपरिचित रहेको छ । नेपाल अहिले संघीय, गणतन्त्र, धर्म निरपेक्ष , समावेशी लोकतन्त्र राज्य समेत भइसकेको छ । नेपालमा राज्य परिर्वतन संगै जनचेतनामा पनि परिर्वतन आयो । तर प्रचिन काल देखी हाम्रो समुदायमा चलि आएको एउटा समाजिक विकृति हो छुवाछुत । जुन अहिले सम्म पनि हाम्रो समुदायमा यथावत रुपमै कायम रहि रहेको छ । नेपालमा ठुला —ठुला ऐतिहासिक घटना , जनसंघर्ष र वलिदान पनि भए । हिजोका दिनमा समाजिक समानताका लागि व्यक्तिगत स्वतन्त्रता ,हक अधिकार , समानता र विकासका लागि दलित समुदायका मानिसहरु जनयुद्ध , ठुला —ठुला आन्दोलन र विद्रोहमा सहभागि भइ होमिए र आफनो ज्यान समेत अर्पण गरे । त्यही जनयुद्ध र त्यही विद्रोहले देशमा गणतन्त्र पनि आयो । अन्य समुदायका धेरैले हक अधिकार पनि प्राप्त गरे तर ,दलित भनि चिनिने जुन राज्यबाट हजारौ वर्ष उत्पीडित भएको जाति दलित सुदायको भने कहिल्यै प्रगति हुन सकेन । नेपालमा ठुला ठुला निति नियम परिर्वतन भए तर छुवाछुतको पाटो भने अहिले पनि हाम्रो समाजमा यथावत रुपमा रहिरहेको छ । युग धेरै परिर्वतन भए तर मानिसको मष्तिस्कबाट छुवाछुत भने शब्दमा भने अझै परिर्वतन हुन सकेको छैन । राज्यले छुवाछुत मुक्त राष्ट्र भनि घोषण गरेता पनि आजका दिन सम्म पनि छुवाछुत मुक्त हुन सकेको छैन । मन्दिर र सार्वजनिक स्थलमा अझै पनि छुवाछुत कम हुनुको साटो झन झन बढेको देख्न र सुन पाइएको छ । दलितको कारण ठुला ठुला राजनितिक परिर्वतन भए ,देशमा घटना भए त्यसमा कुनै पनि दलितले रगतको खोला नबगाएको दिन छैन । तर आजका दिनसम्म दलितहरुको जिवनमा किन परिर्वतन हुन सकेको छैन ? किन दलित माथी विभेद हुन छोडेन ? आखिर दलितले यो देशमा कति विभेद सहि बस्नु पर्ने? , कति सम्म उनीहरुको भोटर रहने ? यिनै विभिन्न शर्षकमा सम्वन्धित रहि गण्डकी प्रदेशको नवलपुर जिल्लामा नेपाल दलित मुक्ति अभियान नवलपुरको आयोजनामा यहि चैत्र २८ गते र्याली र झाकी सहित जिल्ला भेला कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित गायक तथा नायक यश कुमार सहित अन्य कलाकारहरुको समेत उपस्थिती रहने अभियान संयोक मधु सुनारले बताउनु भएको छ । त्यसैले सम्पुर्ण दलित समुदायलाइ एकता गरि छुवाछुत विरुदको र्याली र शक्ति पर्दशन सहित जिल्ला स्तरीय प्रथम भेला र कमिटि घोषणा कार्यक्रमलाइ सब्य र भव्य रुपमा सफल पार्नको लागि सहभागि भइ मन ,बचन र कर्म ले सहयोग गरिदिनु हुन सबैलाइ दलित मुक्ति अभिययान ले अपिल गरिएको छ ।
कावासोतिको नेपाल दलित मुक्ति अभियानको कार्यक्रममा यश कुमार आउदै