२०७७/१२/२२ , गोविन्द नेपाली (नवलपुर कावासोती ) । दलित समुदायकै कतिपय दलित हुँ भन्न हिच्किचाहाट मान्ने गर्दछन् । आफु दलित भएकोमा कसैले हेंला होचो गर्छकी भन्ने मानसिकता बाट सबै भन्दा पहिला आफु मुक्त हुन जरुरी छ । दलित आयोगका अध्यक्ष देवराद विश्वकर्मा भन्छन्, गैरदलित समदायसंग मिल्ने थर प्रयोग गरेर मौका परे दलितबाट फाईदा लिने, मौका परे फेरी गैरदलिततिरबाट पनि फाईदा लिने गर्नु भएन । स्पष्ट रुपमा आफु को हुँ भन्ने पहिचान र गर्वकासाथ आत्मासम्मानमा बस्नु पर्यो । उनि भन्छन्, मैले कतिपय ठाउँमा देखेको छु हाम्रा दलित साथीहरु आफ्नो परिचय दिंदा नाम स्पष्ट भन्ने, पछाडीको थर भन्न हिच्किचाउने वा सानो स्वरमा भन्ने गर्दछन् । त्यसो गर्नु भएन, म मेरो नाम देवराज भन्दा मेरो थर विश्वकर्मा चर्को स्वर र गर्वका साथ छाति फुलाएर भन्ने गर्दछु । मलाई विश्वकर्मा भएकोमा गर्व छ । जातकै कारण कोही ठुलो कोही सानो हुन्छ भन्ने कुरामा म विश्वास गर्दिन । म पनि संस्कृतको विध्यार्थी हुँ, हिन्दु धर्म-ग्रन्थ देखि विभिन्न संस्कृतका पुस्तकहरु अध्यन गरेको छु, पुराण, महाभारत देखि वेदहरु कतैपनि मानिस-मानिसबीच जातका कारण विभेद गरिएको भनि लेखेको छैन । विभेदको मुख्य समस्या हाम्रो समाजमा छ । हाम्रो समाजमा राम्रो संस्कार र संस्कृतीको पालना भएको पाईंदैन । मानिसलाई सुयोग्य, ठुलो बनाउने भनेको उसको कर्म, संस्कार र संस्कृतीले हो । उच्च संस्कार र संकृतीको कमिले आज जातिय विभेद र सामाजिक उत्पिडनका समस्याहरु समाजमा ज्युका तिउँ बनेका छन् । हाम्रो समाज शिक्षित त भयो उच्च संस्कारिक भएन । हाम्रा पिता पुर्खाका पाला कतिपय अवस्थामा जातिय विभेद थियो होला, तर समाजमा एक खालको आदरता र सम्मान थियो र अहिले पनि छ । मेरो बुवालाई गैरदलित समुदायका कतिपय दिदीबहीनीहरुले दाजु मानेर ढोग भेट गर्ने गरेको देखेको छु । के त्यही होईन र उच्च संस्कार भनेको ? एक्काईसौं सताप्दीमा हाम्रो शैक्षिक स्तर बढ्दै गइरहँदा हामी संस्कार र संकृतीविहीन बन्दै गइरहेका छौं । यो राम्रो होईन, म दलित आयोगमा नियुक्ति भएको करिव दुई महिना जति भयो । जातिय विभेद कम गर्दै लैजाने हामी सबैको लक्ष हो । अबको ५ वर्ष वा थप अरु ५ वर्ष गरि १० वर्ष भित्रमा यो जातिय विभेदको अन्तय हुनुपर्ने मेरो मान्यता छ । त्यसको लागि दलित तथा गैर दलित समुदाय सबैको सकरात्मक पहल कदम हुनु पर्दछ । हामी सबैले हातेमालो गरेर मात्र यो संभव छ ।
दलित आयोगका अध्यक्षले भित्र दलित बाहिर अर्को हुनेलाई कारबाहि गर्ने