देवचुली नगरपालिका वडा नं १ मा रहेको नेपाल माध्यमिक विद्यालयमा संचालन भएको सेपाक ताक्रोको छात्र र छात्रा विचको फाइनल खेल सम्पन्न भएको छ । शनिबार नेपाल माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम सम्पन्न भएको हो । थाइल्याण्डबाट सुरु भएको सेपाक ताक्रोको यस खेलमा भने बिस्तारै सुरु हुन थालेको छ । छात्रछात्राहरुले पनि यस खेललाई निकै चासो दिएर खेल्न थालेका छन् । कार्यक्रममा नेपाल सेपाक ताक्रो एसोसियसन केन्द्रीय सदस्य तथा नेपालका राष्ट्रिय टिम कप्तान विजय महत्तोको अध्यक्षता तथा देवचुली युवा तथा खेलकुद विकास समितिका उपाध्यक्ष सुवास चन्द्र ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यसैगरि कार्यक्रममा विशेष अतिथिका रुपमा दिव्यपुरी युवा उद्यमी सहकारी संस्थाका अध्यक्ष केशव भण्डारी रहनुभएको थियो ।
कुल ६ वटा टिम रहेको उक्त प्रतियोगिताबाट खेलाडी छनौट गरि प्रदेश र संघका लागि पठाईने कप्तान महत्तोले जानकारी दिएका छन । पहिलो चरणमा भएको खेलमा छात्रा तर्फ हेभन गल्सले किलर टिमलाई सोझो दुई सेटमा पराजित गराउदै उपाधि रक्षा गरेको थियो भने छात्रतर्फ थ्रि ईडियटसलाई टिम कान्छाले पनि सोझो दुई सेटमा हराउदै विजय हासिल गरेको थियो । सबै प्रतियोगिताबाट छात्रा र छात्रतर्फ क्रमशस् कोषिका पंजियार र अनमोल महत्तो उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलमा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद र मेडलले सम्मान गरिएको थियो । राष्ट्रिय टिम कप्तान महत्तोले यस खेलका लागि जिल्लामा संघ स्थापना नहुदा खेलाडी उत्पादन , उचित प्रशिक्षण हुन नसकेको बताएका थिए । नगर खेलकुदले यस खेलका लागि सक्दो पहल गर्ने र जिल्ला , प्रदेश र संघमा यस खेलका लागि आफुले सक्दो पहल गर्ने नगर खेलकुद विकास समितिका उपाध्यक्ष सुवास ओेझा बताए