गोरखा -गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।
बारपाक गएर फर्कँदै गरेको ना ५ च ३२९८ नंको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीय ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको हो। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन् । जीप रिर्जभ गरेर बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा राङरुङमा दुर्घटनामा परेका हुन् ।
जीप सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीको भनाइ छ ।