पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले तेस्रो पटक विज्ञप्ती जारी गर्दै ११ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरका ३ जना महिला सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा पोखरा १६ का ४ जना, १४ का २ जना, १, २, ३, ५ र ११ का एक-एक जना रहेका छन् ।
उनीहरु वर्ष १८ देखी ५६ वर्ष उमेर समुहका रहेको पनि जारी विज्ञप्तीमा जनाइएको छ । निर्देशनालयका अनुसार आज थपिएका मध्य दुई जना कामना विकास बैंक दिप शाखा र एभरेष्ट बैंक अमरसिंहचोक शाखामा कार्यरत बैंकका कर्मचारी हुन । यस्तै पोखरा-१ का व्यक्ति मोवाइल पसल सञ्चालक रहेको र अर्का पोखरा-५ का व्यक्ति औधोगिक क्षेत्रमा कार्यरत रहेको र अर्का पोखरा-१४ का व्यक्ति कार्यरत हुन भने बाँकी व्यक्तिमा कन्ट्याट ट्रेसिङका क्रममा पहिचान भएको निर्देशनालयले जनाएको छ ।
यसअघि आजनै पोखराका ५, नवलपुर वर्दघाट सुस्तापुर्वका ९ जना, लमजुङका २ जना र तनहुँका ४ जनामा कोरोना पुष्टि भएको थियो । आज नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा १६ का कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको थियो । यो सहित प्रदेशमा मृतकको संख्या १० पुगेको छ ।