रुपन्देही -रुपन्देहीको सिद्धार्थनगरमा आगलागी हुदा साढे २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सिद्धार्थनगर नगरपालिका १ की सीता खत्रीको बाख्रा र गाई पालन गर्दै आएको गोठमा आगलागी भएको थियो ।
आगलागी हुँदा गोठमा रहेका ६ वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ। आगलागीमा एउटा गाई जलेर घाइते भएको छ। आगलागीको कारण खुलेको छैन ।