भदौ ११ ,नवलपुर। संक्रमितहरुको कन्ट्रायाक्ट ट्रेसिङको आधारमा र केही नगरपालिका भित्रका क्वारेन्टाइनमा रहेका हरुको स्वाब संकलन पि सि आरको लागि पठाइएको कावासोती नगरपालिका र गैंडाकोट नगरपालिकाको नतिजा आउने क्रम सुरु भएको छ।केही संचारकर्मि र व्यबसायी हरुलाइ कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुसंग्ग नजिकको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको थियो।पछिल्लो समय कुमारी शैक्षिक गुठिको क्वारेन्टाइनमा संकलित १४८ को रिपोर्ट आउदा कावासोती वडा न २ का दुइ पुरुष र एक महिला गरि ३ जनामा कोरोना पुष्टि भएको र १०४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाइएको गैडाकोट नगरपालिकामा भने गैडाकोट-२ का ५ जना र गैडाकोट ७ का ५ जना गरि १० जनामा कोरोन संक्रमण देखिएको जिल्ला स्वास्थ कार्यालय नवलपुरले जानकारी दिएको छ।
नवलपुरको कावासोतीमा ३ जना र गैंडाकोटको १० जनामा कोरोना संक्रमण