खगिसरा न्याैपाने बस्याल, नवलपुर। कावासाेतिकाे नया बजारमा रहेकाे नवप्रतिभा बचत तथा ऋण सहकारि संस्था लिः सेवा केन्द्रले हिजो व्यवस्थापन तथा अन्य उपसमिति हरूकाे लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ। चार हजार सदस्य र सेयर सदस्य रहेकाे संस्थाले संस्थाले गरिब तथा विपन्न वालवालिका अपाङ्ग जेष्ठ नागरिक तथा विभिन्न ठाउमा सहयाेग गरेकाे र छाेटाे समयमा धेरै मुनाफा कमाएकाे प्रमुख अतिथि संस्थाका कार्यकारी निर्देशक राम प्रसाद काफ्लेले जानकारी दिए । संस्था नेपालकाे ७ वटा प्रदेश मध्य (गन्डकि प्रदेश) (लुम्विनि प्रदेश )र बाग्मति प्रदेश गरि तिन वटा प्रदेशमा विभिन्न सेवाका रूपमा पुगिसकेकाे र यो सहकारि अरू सहकारि भन्दा अलि फरक किसिमकाे रहेको संस्थाले धेरै सेवा सुबिधा उपलब्ध गराइरहेको कुरा समेत काफ्लेले जानकारि दिए।कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले सहजीकरण गरेका थिए भने कावासोती सेवा केन्द्र अन्तर्गतका विभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
नवप्रतिभाको उपसमितिलाई अभिमुखिकरण