काठमाडौ ,भदौ ११। नेपाली कांग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन्। गिरीजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका शाखाले बिहीबार आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन्। कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवम् कांग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताइन्। उनले भनिन्, ‘नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ।’ Century masala 2 नेतृ कोइरालाले नेपालमै उत्पादित जडिबुटीको सही प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड—१९ पछि मुलुक प्रविधिमा जानुपर्ने बताइन्। केन्द्रीय सदस्य एनपी साउदले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको आगामी महाधिवेशनमा त्याग, योगदान र मूल्यांकनका आधारमा सही नेतृत्व छनोट गर्नुपर्ने बताए। Bidh Lab अर्का केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड–१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिंगो कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। केन्द्रीय सदस्य धनराज गुरुङले कोभिड–१९ का कारण नेपालको आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेको बताउँदै जनता कोभिड–१९ को असरबाट छटपटिएको अवस्थामा मुलुकमा भ्रष्टाचार बढेको छ, यसको नियन्त्रणका लागि काँग्रेसले आवाज उठाउनुपर्ने बताए। केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले कोभिड–१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिएर अगाडि बढाउनुपर्ने बताउँदै सरकारले आगामी दिनमा स्वास्थ्यमा लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोभिड–१९ ले नयाँ युगतर्फ विश्वलाई अगाडि बढाएको बताउँदै नेपाल पनि नयाँ युगमा प्रवेश गर्नुपर्ने र यसका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। केन्द्रीय सदस्य कल्याण गुरुङले स्वास्थ्य र शिक्षामा देश सवल भयो भने मात्र सुखी देश हुने बताउँदै नेपालमा निःशुल्क र अनिवार्य शिक्षा तथा निःशुल्क र नियमित स्वास्थ्यबारे संविधानमा लेख्न लगाउनुपर्ने बताए। केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड—१९ ले नेपालको अर्थतन्त्रमा मात्र नभएर सबै क्षेत्रमा असर पारेको उल्लेख गर्दै महामारीले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना कम हुँदै गएको बताए। नेविसङ्घका पूर्वअध्यक्षद्वय रञ्जित कर्ण र महेन्द्र शर्मालगायतले कोभिड–१९ का कारण झण्डै पाँच लाख नेपाली युवा बेरोजगार भएको बताउँदै उनीहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए। युर्निभर्सिटी अफ सेन्टल मिसोरी अमेरिकाका प्राध्यापक डा केशव भट्टराई, जीपी फाउन्डेसन अमेरिकाका सल्लाहकार डा. राजन पन्तलगायतले बदलिँदो समयानुसार मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। फाउन्डेन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड–१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे फाउन्डेसनले निरन्तर आवाज उठाउँदै आएको बताए। रासस
कोरोना नियन्त्रणमा सरकारी तयारी अपर्याप्त