१८ फागुन, बाँके । कोहलपुरमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार बिरेन्द्र शाहीको मृत्यु भएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर नगरपालिका ३ किरणनाला स्थित दुर्घटना भएको हो ।
पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पूर्वबाट आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा कोहलपुरका बिरेन्द्र शाहीको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख राजु भण्डारी अनुसार मोटरसाइकल चालक कोहलपुर नगरपालिका ३ का २५ वर्षिया विरेन्द्र शाही रहेका छन । उनको घटना स्थलमै मृत्यु भएको भणडारीले बताएका छन ।
तीब्र गतिमा रहेको बसले मोटरसाइकल संगै बैजनाथ गाँउपालिका २ का २१ वर्षिय प्रदिप आचार्य र कोहलपुर नगरपालिका ३ का पैदलयात्री १९ वर्षिय प्रकाश महतरालाई समेत ठक्कर दिएको थियो । ठक्करबाट एक जनाको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसार बस चालक र बसलाई नियन्त्रणमा लिइ सकेको छ ।