नवलपुर,भाद्र ११। नवलपुरको हुप्सेकोट गाउपालिकामा आज प्रहरी चौकी स्थापना गरि उद्द्घाटन गरिएको छ। प्सेlकोटमा प्रहरी चौकी नहुदा हत्या,हिंसा लगायतका सामाजिक अपराध हरु भैरहेपछी स्थानियले प्रहरी चौकिको आवश्यकता रहेको भन्दै माग गरेका थिए।नेपाल सरकारको मन्त्रिपरिषदको बैठकेले गत वर्ष असोज ७ गते हुप्सेकोट गाउपालिकामा प्रहरी चौकी स्थापना गर्ने निर्णय सहित दरबन्दी निकासा समेत भएको थियो।तेसै निर्णयका आधारमा हिजो हुप्सेकोट ४ झ्यालबाटमा चौकी स्थापना गरि प्रहरी सहायक निरीक्षक शिवराम के सि को कर्मचारी खटाइ हिजोबाट नै कार्यालय संचालन गरिएको छ।
उद्द्घाटन कार्यक्रममा हुप्सेकोट गाउपालिका प्रमुख लक्ष्मी देवी पाण्डे, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का कार्यालय प्रमुख प्र.उ.दिपक रेग्मी, गा.पा का प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, हुप्सेकोट गा.पा.का वडा अध्यक्षहरु तथा स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो । आफ्नै गाउँमा प्रहरी चौकी स्थापना हुदा आफुहरुलाइ थप सुरक्षीत महसुस भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन।
नवलपुरको हुप्सेकोटमा प्रहरी चौकी स्थापना