काठमाडौ ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्कासनको स्वीकृति पाएको छ। कम्पनीको कुल चुक्ता पुँजी मध्य ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि धितो बोर्डबाट स्वीकृति पाएको हो। कम्पनिले ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको आइपिओ निष्कासन गर्नेछ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी बीमा बजारमा नया कम्पनी हो। नयाँ कम्पनीमध्ये प्रभु र रिलायन्स लाइफले यसअघि नै आइपिओ जारी गरेका छन्। अन्य बिमा कम्पनीहरु मध्य कतिपयले आइपिओ जारी गरिसकेका छन भने कतिपय जारी गर्ने क्रममा रहेको बिमा समितिले जनाएको छ।
ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आइपिओ निष्कासन गर्दै