मध्यविन्दु,नवलपुर। सामाजिक अभियान 'महाअभियान हरेक दिन एक मुठी दान' र नवजीवन पुनःस्थापन केन्द्रको सहकार्यमा मध्यविन्दु नगरपालिकाको हरिहर मन्दिर आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ।मध्यविन्दु १५ मा रहेको विद्यालयमा हिजो एक कार्यक्रमको आयोजना गरि विद्यालयला २०० जना विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।
आर्थिक रुपमा विपन्न बालबालिकालाई शैक्षिक उन्नतिका लागि सहयोग होस भन्ने हेतुले सहयोग गरिएको महाअभियान हरेक दिन एक मुठ्ठी दानका संयोजक किरण भुर्तेलले बताए।अर्को सहयोगी संस्था नवजीवन पुनःस्थापन केन्द्रका प्रमुख केशव खत्रीले सुधार केन्द्रले समाजमा कुलत र दुर्व्यसनमा फसेका व्यक्तिहरुलाइ सुधार गर्नुका साथै यस्तै सामाजिक र शैक्षिक कार्यक्रमा पनि संस्था लागिपरेका बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता विस्णुकुमार कार्कीले समाजको विकासको लागि शैक्षिक सुधार अत्यावश्यक रहेको भन्दै यस्ता सहयोग कार्यक्रमले पनि त्यो अभियानमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।कार्यक्रममा प्रमुख अतिथी कार्किले विद्यालयमा विपन्न बालबालिकाको शैक्षिक विकाशका लागि रु १ लाख २५ हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरेका थिए। विद्यालय व्यवस्थापन समिताका अध्यक्ष राजु ज्ञवालीको अध्यक्षता तथा समाजसेवी विशाल थापाको समन्वयमा भएको कार्यक्रममा अभियान्ता विनोद भट्टराई ,ओमकार घिमिरे , वडाका जनप्रतिनिधि ,व्यवस्थापन समितिका सदस्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
महाअभियान र नवजीवन पुनर्स्थापना केन्द्रको सहकार्यमा शैक्षिक सामाग्री वितरण