कावासोती (कृष्ण के सी) - नवलपुर कावासोती वडा न ९ पुरानो कावासोतीको सोस्तिक होटल एण्ड रेस्टुरेन्ट अगाडि दिउसो 3 बजे पश्चिम बाट पुर्ब जादै गरेको लु १ च ५११४ नम्बरको कारले ओभरटेक गर्दा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको प्र.३.०३.००१च १३५ नम्बरको बलेरोलाइ ठक्कर दिएको छ।
सो दुर्घटनामा कारमा सवारीलाइ सामान्य चोटपटक लाएको छ र बलोरोमा भने कुनै मानबिय क्षती नभएको स्थानीयले जानकारी दिएका छन।कार र बलेरो दुबौको अगाडि पट्टीको भागमा क्षेती भएको प्रहरीले जानकारी दिएको छ। घटना स्थलमा उपस्थित प्रहरी निरीक्षकका अनुसार दुबै गाडि र गाडि चालकलाइ प्रहरी नियन्त्रणमा लिगिएको छ ।
नवलपुरको कावासोतीमा बलेरो र कार दुर्घटना