रन्जीत शर्मा / नवलपरासी / २५ पुष । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० २ हरपुरमा अवस्थित जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि०को ११ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक उषा गुप्ताले आ०ब० ०७६/०७७ मा ४९ लाख ९९ हजार १ सय ८९ को कारोबार गर्दै १ लाख २८ हजार ८ सय ९४ को शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।
जानकी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष रमा देवि खरबारको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउपालिका वडा न० २ का वडा अध्यक्ष रामनगिना सिंहको प्रमुख अथितिक्ता तथा पाल्हिनन्दन गाउपालिका वडा न० २ का वडा सदस्य फौजदार गुप्ता , सर्फुद्दिन अन्सारी , अनारी देवी हरिजन , मैना देवि हरिजन , वडा सचीव पसुराम यादव , हरपुर आ- आर्जन बचत तथा ऋण सहकारी संस्था लि० का कोषाध्यक्ष ध्रुवनरायण बानिया पत्रकार रन्जीत शर्मा लगायतको अतिथिक्तामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सह-व्यवस्थापक सपना खनालले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।