रन्जीत शर्मा/ नवलपरासी/ २३ पुष ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न; ०३ बस्ने मोहित सर्जिकल सप्लायर्सका सन्चालक तथा युवा तथा सामाजिक अभियन्ता गुड्डु गुप्ताले पालिकाका मा०वि० बिधालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण अभियान सुरु गरेका छन ।
हिजो पाल्हिनन्दन गाउपालिकाका हरपुर मा०वि० हरपुर र बाल शिक्षा निकेतन मा०बि० सुनरीमा २४ पि० सेनेटाइजर र १५० पि० मास्क लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।
कोरोनाको महामारी बीच पनि भौतिक रुपमा बिधालय संचालन गर्नु पर्ने बाध्यता रहेकोले शिक्षक तथा विद्यार्थीहरुले सावधानी अपनाइ शैक्षिक क्रियाकलापलाई अगाडि बढाउन यो अभियान चालिएको र पालिकाका सबै मा०बि० बिधालयमा हस्तान्तरण गरिने गुड्डु गुप्ताले जानकारी दिएका छन् ।
हस्तान्तरण कार्यक्रम शिक्षक दिनेश गुप्ता , दुबै बिधालय का प्रधानाध्यापक , सहयोगि शिक्षकको सहभागिता रहेको थियो ।