नवलपुर–
नवलपुरको विनयी–त्रिबेणीमा एक पुरुषको शव फेला परेको छ ।
आईतवार साँझ फेला परेको शवको सनाखत हुन नसकेको नवलपुर प्रहरीले जनाएको छ ।
बिनयी–त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित एक स्कुल नजिकैको चौर छेउको झाडीमा शव फेला परेको डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
अन्दाजी ४५ देखी ५० बर्ष उमेरका एक पुरुष मृतावस्थामा भेटिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।
घटनास्थल र लासजाँच प्रकृति मुचुल्का लगाएतको प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणको लागी मध्यबिन्दुको चोरमारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
बेवारिसे अवस्थामा फेला परेको शव भएकाले प्रहरीले तस्बीर सार्वजनिक गर्दै मृतकलाई चिन्नेले सम्पर्क गरिदिन आग्रह गरेको छ । घटनाको बारेमा थप अनुसन्धानमा प्रहरी सक्रिय रहेको जनाएको छ ।
बिनयी–त्रिवेणीमा बेवारिसे शव फेला